२० मंसिर २०८२, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  7 February, 2025 8:32 am


फाइल फाेटाे।

काठमाडाैँ । संघीय संसदअन्तर्गत् आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । जसअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने । कार्यसूचि रहेको छ ।

दुई संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तर्गत बिहान ८ बजे शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्दैछ ।

बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !