१० चैत्र २०८१, सोमबार

रास्वपा सांसद अर्यालको चेतावनीः सभापति लामिछानेमाथिको सरकारको रवैयाको मूल्य चुकाउनुपर्नेछ

प्रकाशित मिति :  7 February, 2025 3:19 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए । उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए ।

सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस !