२ पुस २०८२, बुधबार

सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छः अध्यक्ष केसी

प्रकाशित मिति :  7 February, 2025 4:39 pm


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुुराकानी गर्दै उनले संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाएका हुन् । उनले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गरे । उनले राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गरे ।

“संसद बोलाएर संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने ? यो उल्टो बाटो भएन ? अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि । राष्ट्रको अगाडि के संकट थियो ? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि ? संसद बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो । राजनीतिक पार्टीहरुको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुघ्रिन्छ ?”,उनले भने ।

प्रमुख राजनीतिक दलका नेताहरुकै कारण मुलुकको विकास हुन नसकेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !