३ चैत्र २०८१, सोमबार

खानेपानी मन्त्रालयमा आगलागी : कागजात जलेको आशंका

प्रकाशित मिति :  8 February, 2025 10:17 am


काठमाडौँ । शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको छ। आगलागी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको पुष्टि भएको छ।

प्राप्त जानकारीअनुसार, बिहान अकस्मात मन्त्री यादवको कार्यकक्षमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि तत्काल दमकल परिचालन गरिएको र हाल आगो नियन्त्रणमा लिइसकेको मन्त्रालय स्रोतले जनाएको छ।

यस घटनामा मन्त्रालयमा रहेका केही महत्वपूर्ण कागजात जलेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यकिन विवरण आउन बाँकी रहेको र प्रहरी तथा सम्बन्धित निकायहरूले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ।

आगलागीको कारणबारे कुनै आधिकारिक जानकारी बाहिर आएको छैन। मन्त्रालयका अधिकारीहरू तथा सुरक्षाकर्मीहरू आगलागीको स्रोत पत्ता लगाउन जुटिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !