१२ चैत्र २०८१, बुधबार

सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित छ- उपाध्यक्ष पाण्डे

प्रकाशित मिति :  8 February, 2025 6:01 pm


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बताए ।

जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताए । सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरुका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।

संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताए । उनले संविधानअनुसार कुनैपनि राजनीतिक दलहरुले राजा ल्याउन चाहे संविधानअनुसारका मागहरु पूरा गरेर ल्याउनसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !