२० मंसिर २०८२, शनिबार

राज्यले थारु संस्कृतिको जगेर्ना गर्नुपर्छ–सभापति देउवा

प्रकाशित मिति :  8 February, 2025 7:34 pm


दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले थारु संस्कृतिको जगेर्ना गर्ने बताएका छन् । दाङको चखौरामा अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

मुलुकमा प्रचलित सबै संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति रहेको बताउँदै सभापति देउवाले सबै संस्कृतिको रक्षा हुँदा मात्र नेपाली संस्कृतिको रक्षा हुने दावी गरे । “नेपाल विविध भाषाभाषी, धर्म संस्कृतिका मानिसको बसोबास हुने देश हो । यहाँ हरेक जातिका आफ्नै मौलिक संस्कृति छन् । सबै संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति हो”, सभापति देउवाले भने, “पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु जातिको संस्कृतिले फरक विशेषता बोकेको छ । थारु संस्कृतिको जघेर्नामा राज्यले विशेष योजना बनाउनु पर्छ ।”

उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

‘‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ’’, उनले भने, ‘‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ ।’’



प्रतिक्रिया दिनुहोस !