सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौंमा

काठमाडाैँ । सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौँमा हुने भएको छ । रोल मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि.को संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
प्रदर्शनीमा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरु रहनेछन् । प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनले साना–साना औजार, मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिने बताए । उनले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको जानकारी दिए ।
प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताए । उनले प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुर्याउने विश्वास रहेको बताए ।