१० चैत्र २०८१, सोमबार

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेकाे बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते

प्रकाशित मिति :  9 February, 2025 8:05 am


दाङ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बसमा २८ जना यात्रु सवार थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य ५ जना यात्रु भने सकुशल रहेका छन्।

प्रहरी निरीक्षक भण्डारीले प्रारम्भिक अनुसन्धानका आधारमा ‘टायर पञ्चर’ भएपछि बस अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !