तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत
प्रकाशित मिति : 9 February, 2025 3:35 pm

काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् ।
आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताएका हुन् । उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताए । उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताए ।
अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताए ।