३ चैत्र २०८१, सोमबार

स्याङ्जामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

प्रकाशित मिति :  10 February, 2025 9:57 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ डुम्रीकोटस्थित सिद्धार्थ राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा १६ वर्षीय किशोरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलका अनुसार माघ २७ गते राति करिब ८ः२० बजे वालिङमोडबाट भकुण्डेतर्फ गइरहेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ट्रकको बिच भागमा पुगेर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बिरुवा गाउँपालिका वडा नम्बर ७ निवासी, हाल वालिङ नगरपालिका वडा नम्बर ९ क्याम्पस रोड बस्दै आएका १६ वर्षीय सुशील गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो, तर राति ९ः०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल ट्रक चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !