३ चैत्र २०८१, सोमबार

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष दाहाल

प्रकाशित मिति :  10 February, 2025 12:33 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए । उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए ।

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए । मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !