१ फाल्गुन २०८२, शुक्रबार

स्याङ्जाको चापाकोटमा एक वृद्ध मृत अवस्थामा फेला

प्रकाशित मिति :  10 February, 2025 1:51 pm


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदीको किनारमा ८७ वर्षीय वृद्धको शव मृत अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार पाल्पा रम्भा गाउँपालिका वडा नम्बर १, हुँगी निवासी देबिलाल भट्टराईको शव आज बिहान ९:३० बजे घोप्टो अवस्थामा फेला परेको हो। मृतक भट्टराई गत २१ गते अपराह्न ४:०० बजे घरबाट हिँडेका थिए।

प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गरेको छ र पोस्टमार्टमका लागि चापाकोट अस्पताल पठाएकाे जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !