दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको छः सांसद परियार
प्रकाशित मिति : 10 February, 2025 2:06 pm
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तेष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्यले संविधान विपरित हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताएका हुन्। उनले दलितमाथि भइरहेको अत्याचार र दमन अन्त्य गर्नको लागि आवश्यक कानून बनाउन सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले व्यववस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताए । उनले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गरे ।
दलितलाई मान्छे हुन नदिनको लागि राज्यका संयन्त्र र संस्थानहरु नै लागिपरेको उनको भनाइ छ ।








