निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः महामन्त्री थापा
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताएका छन् ।
सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने बताएका हुन्। उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने बताए।
त्यसो गरेको खण्डमा काँग्रेस नरहने उनको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुनसके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए ।
महामन्त्री थापाले निर्वाचनको बेलामा काँग्रेसको बिरुद्धमा जो पनि जोसँग पनि मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।








