२० मंसिर २०८२, शनिबार

संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौं-सचिव भट्टराई

प्रकाशित मिति :  10 February, 2025 7:49 pm


दाङ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताए ।

उनले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताए । संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताए ।

उनले काँगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताए । ‘‘हामीले सहमतिको दोस्रो बुँदामा नै संविधानको पुनरावलोकन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेको छ । संविधान संशोधन संवैधानिक बाटोबाट हुन्छ । दुईटा पार्टीको बीचमा एजेण्डाहरु तय हुन्छन्‘‘ , उनले भने, ‘‘त्यसका लागि कार्यदलले काम गर्छ र ती एजेण्डाहरुमा संसदमा भएका सबै दलहरुसँग हामी छलफल गर्छौं । छलफलको क्रममा सबैसित सहमति लिने हामी कोशिस गर्छौं ।‘‘

उहाँले जसपा, नेपाललले अध्यादेशको समर्थन गर्नेमा आफू विश्वस्त रहेको समेत बताए । केही दिनमै अध्यादेशहरु संसदबाट बहुमतले पास हुने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !