३ चैत्र २०८१, सोमबार

प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने कार्यक्रम स्थलकाे निरीक्षण

प्रकाशित मिति :  10 February, 2025 10:27 pm


दाङ । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्ने कार्यक्रम स्थलकाे निरीक्षण गरिएकाे छ ।

आगामी फागुन ५ गते दाङकाे घाेराहीमा आयोजना हुने जनसभा स्थलकाे जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र नेकपा (एमाले) दाङ जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यले निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा कार्यक्रम स्थलको व्यवस्थापन, जनसहभागिता तथा सुरक्षा अवस्थाको अवलोकन गर्नुका साथै आवश्यक सरसफाइका लागि निर्देशन दिएको एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथाेकीले जानकारी दिए ।

निरिक्षणपछि अध्यक्ष आचार्यले प्रधानमन्त्री ओलीको आगमन ऐतिहासिक महत्त्वको रहेको उल्लेख गर्दै आम नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

कार्यक्रम स्थलमा हाल तयारी तीव्र पारिएको भन्दै उपाध्यक्ष बुढाथाेकीले सुरक्षाको व्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !