१२ चैत्र २०८१, बुधबार

नेपाल उद्योग तथा व्यवसायी महासंघ तुलसीपुरको अध्यक्षमा पाेखरेल

प्रकाशित मिति :  10 February, 2025 10:35 pm


दाङ । नेपाल उद्योग तथा व्यवसायी महासंघ तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा पदम पोख्रेल (जेठुकान्छु) निर्विरोध निर्वाचित भएका छन्।

साेमबार भएकाे दोस्रो अधिवेशनबाट व्यवसायी पाेखरेल निर्विराेध निर्वाचित भएका हुन् । कमिटीकाे उपाध्यक्षमा नरेन्द्रकुमार डाँगी (नरेश) र दुर्गाप्रसाद भुसाल चयन भएका छन् ।

महासचिवमा विमला शर्मा, कोषाध्यक्षमा पुष्कर श्रेष्ठ र सचिवमा युवराज नेपालीसहित २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नव निर्वाचित अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालभर उद्योग व्यवसायीहरूको हित संरक्षण तथा प्रवर्द्धन गर्दै तुलसीपुर उपमहानगरलाई औद्योगिक तथा व्यापारिक हबको रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उद्योग तथा व्यवसायको प्रवर्द्धनका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छन्।

नव-निर्वाचित कार्यसमितिलाई व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।



प्रतिक्रिया दिनुहोस !