२० मंसिर २०८२, शनिबार

प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित

प्रकाशित मिति :  11 February, 2025 7:17 am


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

रुपन्देही । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छन् । संगठनको जिल्ला अधिवेशन तथा २६औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनबाट केशव भण्डारी उपाध्यक्ष र छाया पन्थ समावेशी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा विष्णु घिमिरे, सहसचिवमा प्रतीक पौडेल र सत्यनारायण मानन्धर, कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । उद्घाटन समारोहमा उनले प्रेस चौतारी नेपाल श्रमजीवी जनताको पक्षमा सधैँ प्रतिबद्ध रहने बताउँदै श्रमजीवी वर्गको अधिकारका लागि संगठन निरन्तर लड्ने स्पष्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस !