२० मंसिर २०८२, शनिबार

सत्ता समीकरणविरुद्ध भ्रामक प्रचार भइरहेको छ- महासचिव पोखरेल

प्रकाशित मिति :  11 February, 2025 7:21 am


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणलाई लिएर अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् ।

सत्ता समीकरणविरुद्ध विभिन्न शक्तिहरूले अफवाह फैलाउने प्रयास गरिरहेकाे भन्दै पोखरेलले ती शक्तिहरू सफल हुन नसक्ने धारणा उनले व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले कांग्रेस-एमाले सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् ।

उनले ७ बुँदे सहमतिको आधारमा बनेको वर्तमान सत्ता समीकरणप्रति अस्थिरता चाहने तत्वहरू विचलित भएको बताए। “७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्ध अनेक प्रकारका भ्रम र अफवाह फैलाइरहेका छन्”, उनले भनेका छन्, “उनीहरूले जस्तोसुकै कुप्रयास गरे पनि उनीहरूको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन, किनकि यो सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो।”

उनको भनाइअनुसार, सत्तामा रहेका दुई ठूला दलहरूको गठबन्धनलाई असफल बनाउन विभिन्न दुष्प्रचार गरिए पनि गठबन्धनलाई दीर्घकालीन रूपमा प्रभाव पार्न नसकिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !