प्रेस सेन्टर नेपाल लुम्बिनीको अध्यक्षमा वाग्ले

भालुवाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप वाग्ले निर्वाचित भएका छन् । भालुवाङमा सम्पन्न तेस्रो प्रदेश अधिवेशनबाट वाग्लेकाे अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरिएको हाे ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्रप्रकाश वली, समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्षमा देवी गुरूङ,
महासचिवमा कमल रायमाझी, सचिवमा तिलाचन पाण्डे, अनिता पोख्रेल (महिला सचिव), जितेन्द्र बुढाथोकी, भरत नेपाली (दलित सचिव), जीवलाल सुवेदी रहेका छन् । त्यसैगरी कार्यालय सचिवमा टेकम वली, कोषाध्यक्षमा प्रकाश वैद्य, लेखा समिति संयोजकमा मिन अधिकारी रहेका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु तंगाल, बालाराम शेर्पाइली, वीरेन्द्र गिरी, राजु रिजाल क्षेत्री रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष वाग्लेले पत्रकारिता क्षेत्रको सशक्तीकरण र प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको हकहित संरक्षणमा अझ बढी सक्रिय भूमिका निर्वाह गर्ने बताए ।