६ पुस २०८२, आइतबार

कमलपोखरीमा ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

प्रकाशित मिति :  11 February, 2025 11:20 am


काठमाडौँ । काठमाडाैँकाे कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गत बिहीबार पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । अन्य ९ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !