जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग

काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारँग माग गरेकी छन् ।
मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताएकी हन् । उनले जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गरिन् ।
“चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरु सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरु असुरिक्षत महशुस गरिरहेका छन् । जंगलभित्रै ति जनावरहरु बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरूका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्व समाधानको उपाय गरियोस्,” उनले भनिन् ।
उनले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताइन् ।