प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् ।
सभाको आकस्मिक समयमा नाम टिपाएको भएपनि नाम बोलाउन बिर्सिएपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शुन्य समय सकिएपछि उठेर आफ्ना धारणा राखे । बैठकमा शुन्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न राम नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राखेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर बिरोध जनाए ।
लगत्तै नेकपा (माओवादी केन्द्र) का सांसदहरुले पनि उठेर बिरोध जनाए । शुन्य समय सकिएपछि विशेष समयमा बोल्न नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवको नाम बोलाए । तर आकस्मिक समयमा नाम बोलाउन छुटेको भन्दै खतिवडालाई दुई मिनेटभित्र आफ्ना धारणा राख्न समय दिए ।
सांसद खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको समाचार सुन्नमा आएको भन्दै यसअघिका गृहमन्त्रीले एक नम्बरकोलाई बढुवा नगरी १५ नम्बरमा रहेका प्रहरी अधिकारीलाई बढुवा गरेको, प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर निर्दोष छ भन्नका लागि कानेखुशी गरेको बताए ।
५२ दिन नपर्खिकन कसको पालामा सरुवा गरिएको थियो यसअघि प्रहरी अधिकारीहरू भन्दै जवाफ माग गर्नुभएको थियो । बहस गर्ने वकीलमाथि कुटपिट गरी सडकमा घिसार्ने काम कसको पालमा सुरू भएको हो भन्दै प्रश्न गरे । त्यसको विरोधमा प्रतिपक्ष दल माओवादी र रास्वपा सांसदहरुले उठेर बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको सूचना सुनाए।








