अटाे दुर्घटना हुँदा रोल्पाको रुन्टिगढीमा एक जनाको मृत्यु

रोल्पा । अटाे दुर्घटना हुँदा रोल्पामा एक जनाकाे मृत्यु भएकाे छ, भने दुई जना घाइते भएका छन् । जिल्लाकाे रुन्टिगढी गाउँपालिका–२, लामिडाँडा नजिकै भएकाे अटो दुर्घटनामा परी रुन्टिगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षिय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएकाे छ ।

- फाइल फाेटाे
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार धरम बस्नेतका अनुसार होलेरीबाट रुन्टिगढी–२ धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुनिल स्मृति गाउँपालिका–२ निवासी ६२ वर्षिय मानबहादुर परियार र अटो चालक मनराज नेपाली घाइते भएका छन् ।
परियारको बायाँ हात र शरीरको भित्री भागमा चोट लागेको छ, भने चालक नेपालीको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवै घाइतेको स्थानीय मेडिलकमा उपचार भइरहेको छ ।
दुर्घटनाकाे जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोष्ट सुर्पालबाट प्रहरी निरीक्षक तिलकबहादुर बस्नेतको कमाण्डमा २ जनाको टोली परिचालन गरिएको थियो ।
साथै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ५ जनाको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ।