प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
प्रकाशित मिति : 12 February, 2025 11:02 am
काठमाडाैँ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन् ।
उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरुले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधवार दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए ।






