१२ आश्विन २०७९, बुधबार

उद्योग चलाउन दिएको पास लिएर उद्योगी जुवा खालमा, १० जना पक्राउ

प्रकाशित मिति :  2 June, 2020 9:35 am


काठमाण्डौं, २० जेठ ।

काठमाण्डौंका ठूला व्यापारीहरु व्यापारीहरु लकडाउनको बेला काठमाडौंको होटलमा जुवा खेलिरहेको बेला पक्राउ परेका छन् ।

अर्बपति व्यापारीहरु व्यापारीहरु रामचन्द्र सांघाइ,अशोक अग्रवाल,सुरेश अग्रवाल,नन्द शर्मा,विमल खेतान,बिमल अबुजा र होटेल सञ्चालक निक्की जोगाईलाई प्रहरीले सोमबार राती कमलादीको गगौंर बुटिक होटलबाट जुवा खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेका रामचन्द्र सांघाइ त्रिवेणी गुप्रका हुन् भने अशोक अग्रवाल विशाल ग्रुुपका हुन् ।

उनीहरुको साथबाट नगद र केही क्वाइनहरु बरामद भएको छ । क्यासिनो शैलीमा उनीहरु जुवा खेलेको प्रहरीले जनाएको छ । उनीहरुलाई हिजो बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिदै पासको समेत ब्यवस्था गरेको छ ।

पक्राउ परेका सबै ठूला उद्योगी छन् । उद्योग चलाउन दिएको पास लिएर जुवाखालमा बसेको देखिएको छ । उनीहरु क्यासीनोकै शैलीमा जुवा खेलेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !