१० चैत्र २०८१, सोमबार

सामुदायिक वनमाथिकाे कर नहटाए आन्दोलन गर्ने वन महासंघको चेतावनी

प्रकाशित मिति :  12 February, 2025 5:48 pm


दाङ । सामुदायिक वन समूहमा लगाएको कर तत्काल नहटाए निर्णायक आन्दोलन गर्ने वन महासंघले चेतावनी दिएकाे छ । बुधबार महासंघ लुम्बिनीले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर खारेजी नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष कल्पना भण्डारी नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव रामजी दनाई र वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएको हाे ।

महासंघका अनुसार, आर्थिक ऐन २०८१ को दफा १३ अनुसार लगाइएको कर संविधान, संघीय कानून तथा सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत भएकाले तत्काल हटाउनुपर्ने माग गरिएको छ।

यसअघि सरकारले कार्यदल बनाएर समस्या समाधान गर्ने आश्वासन दिएको थियो, तर सात महिना बितिसक्दा पनि कुनै ठोस निर्णय नआएकाले आन्दोलनको तयारी थालेको महासंघले जनाएको छ।

यसैबीच, कानुन सचिव दनाईले आन्तरिक खपतमा कर छुट दिने विषयमा सरकार सकारात्मक रहेको बताए। तर, महासंघले माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।



प्रतिक्रिया दिनुहोस !