१५ बैशाख २०८१, शनिबार

जुवाखालबाट पक्राउ पर्नेमा ज्योती लाईफ इन्सुरेन्सका अध्यक्ष पनि

प्रकाशित मिति :  2 June, 2020 12:52 pm


काठमाण्डौं, २० जेठ ।

हिजो बेलुका काठमाण्डौंमा जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायिक घरानाका व्यक्ति मध्य ज्योती लाईफ इन्सुरेन्सका अध्यक्ष पनि रहेको खुलेको छ ।

इन्सुरेन्सका अध्यक्ष नरेन्द्रकिशोर शर्मासहितका व्यपारीहरुलाई प्रहरीले हिजो बेलुकी जुवाखालबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामचन्द्र सांघाइ,अशोक अग्रवाल,सुरेश अग्रवाल,नन्द किशोर शर्मा,विमल खेतान,बिमल अबुजा र होटेल सञ्चालक निक्की जोगाई छन् ।

उनीहरु कमलादीको गगौंर बुटिक होटलबाट जुवा खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ गरेका रामचन्द्र सांघाइ त्रिवेणी गुप्रका हुन् भने अशोक अग्रवाल विशाल ग्रुुपका हुन् ।

पक्राउ परेका सबै ठूला उद्योगी छन् । उद्योग चलाउन दिएको पास लिएर जुवाखालमा बसेको देखिएको छ । उनीहरु क्यासीनोकै शैलीमा जुवा खेलेको प्रहरीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !