भ्रातृ संगठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने काँग्रेसको निर्णय
प्रकाशित मिति : 13 February, 2025 6:16 pm
काठमाडाैँ । नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरूबिचको छलफलपछि सबै भ्रातृ संगठनहरूकाे अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए । उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए ।
प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताए ।








