स्याङ्जामा लागुऔषधसहित एक युवक पक्राउ
प्रकाशित मिति : 14 February, 2025 11:04 am
स्याङ्जा । स्याङ्जामा नियन्त्रित लागुऔषधसहित एक युवकलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–१०, भकुण्डेस्थित सिद्धार्थ राजमार्गमा सवारी जाँचका क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७६५४ नम्बरको हाईसमा सवार कास्की, पोखरा महानगरपालिका–२१ निवासी २४ वर्षीय शिवजी तिवारीलाई पक्राउ गरिएको हो।
उनको साथबाट नोर्फिन ४९ एम्पुल, फेनरागन ६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी कुल १४७ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेका तिवारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिए ।








