१२ आश्विन २०७९, बुधबार

विप्लव नेतृत्व नेकपा नेतृ भुजेल साधारण तारेखमा रिहा लगत्तै कैलालीबाट पक्राउ गरेर गोरखा लगियो

प्रकाशित मिति :  2 June, 2020 2:03 pm


कैलाली, २० जेठ ।  

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई कैलाली जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरी पक्राउ गरेर गोरखा लगेको छ ।

भुजेललाई धनुषाबाट पक्राउ गरेर बम विष्फोटको मुद्धामा कैलाली लगिएको थियो । धनुषा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा हुँन खोज्दा अदालत परिसरबाटै भुजेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेर बम विष्फोट सम्बन्धि मुद्धामा कैलाली लगिएपनि अदालतले हिजो साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । तर रिहा लगत्तै अदालत परिसरबाट पक्राउ गरेर गोरखा लगिएको छ ।

जेठ ११ गते झापा जिल्ला अदालतले तोकेको धरौटी तिरेर रिहा हुँन खोज्दा पक्राउ गरेर प्रहरीले धनुषा लिएर गएको थियो । धनुषा जिल्ला अदालतले पनि धरौटीमा रिहा गर्न आदेश दिएपछि कैलाली प्रहरीले कैलाली पुराएको थियो ।

भुजेललाई गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !