३ चैत्र २०८१, सोमबार

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल

प्रकाशित मिति :  14 February, 2025 5:19 pm


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसावले ल्याएको बताएका हुन् ।

उनले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए । उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताए । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताउनु भयो । अध्यादेश आफैँमा कानून भएको बताए ।

कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए । महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरू कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए ।



प्रतिक्रिया दिनुहोस !