आइतबार कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 16 February, 2025 11:12 am
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ७० हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ हजार ७०० रुपैयाँले घटेर एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयाँ कायम भएको छ ।








