६ पुस २०८२, आइतबार

कमलपोखरी ग्यास विस्फोट: मृत्यु संख्या ४ पुग्यो

प्रकाशित मिति :  16 February, 2025 11:19 am


काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार मस्म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । योसँगै उक्त विस्फोटमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि उदयपुरको उदयपुरगढी वडा नम्बर ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा ११ जना घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस !