१० चैत्र २०८१, सोमबार

अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकार उल्लङ्घन गरेको केसीकाे आरोप

प्रकाशित मिति :  16 February, 2025 2:01 pm


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकारको गम्भिर उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग गर्न पाउने मानव अधिकारको विश्वव्यापी मान्यता भएको समेत बताएका हुन्।

उनले अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रूपमै धज्जी उडाएको बताए ।

नेपाली नागरिकलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नगर्न उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस !