२ पुस २०८२, बुधबार

माधव नेपालको आरोपः सरकार दलाल पुँजीपति र विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढेको छ

प्रकाशित मिति :  16 February, 2025 4:48 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । उनले समितिमा विचाराधिन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए ।

अध्यक्ष नेपालले आफूहरूले विपक्षी दलहरूलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरूले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए । दबाबकै कारण संसदमा पेश गरेको अध्यादेशमा तत्काल अघि नबढाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !