२ पुस २०८२, बुधबार

एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य छः पूर्वप्रधानमन्त्री खनाल

प्रकाशित मिति :  16 February, 2025 4:51 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको आखिर मुख्य प्रतिद्वन्दी काँग्रेस भएपनि काँग्रेसकै बुई चढेर हिँडिरहेको बताएका हुन् । उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए ।

उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए ।



प्रतिक्रिया दिनुहोस !