प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्वोधन गर्ने

दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्वोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्वोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रदेश सभाको बैठकलाई विशेष सम्वोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।