हिमाल नाङ्गिएकोप्रति देउवाको चिन्ता, सामुदायिक सचेतना अभियान सञ्चालन गर्न आग्रह
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेका हुन् । उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए ।
सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरूले खेलेको भुमिका प्रशंसनीय रहेको बताए ।मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए ।








