१२ चैत्र २०८१, बुधबार

वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइनः मन्त्री गुरुङ

प्रकाशित मिति :  17 February, 2025 1:29 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् ।

सोमवार काठमाडौँमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताए ।

उनले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताए । मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यि विषयहरु छुन नसकेको बताए । मन्त्री गुरुङले यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !