नेपालमै अवसर छ भनेर हिसावले युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह
प्रकाशित मिति : 17 February, 2025 2:16 pm
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरू अघि बढ्न जरुरी रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताएका हुन्। उनले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताए ।
उनले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताए । उनले कुनैपनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गरे । उपप्रधानमन्त्री सिंहले कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताए ।








