१० चैत्र २०८१, सोमबार

युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

प्रकाशित मिति :  17 February, 2025 2:19 pm


काठमाडाैँ । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरेका हुन् । उनले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताए । उनले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताए । उनले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने बताए ।

“आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पु¥याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसको लागि मेहनत गर्नुपर्छ । कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन,”उनले भने ।

अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरु गर्न सकिने बताए । उनले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !