सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेनः सांसद नेम्वाङ
काठमाडाैँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् । उनले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको बताए । उनले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गरे ।
“सुशासनको कमजोरीको कारणले विकास निर्माणका कामले पूर्णता प्राप्त गर्न नसक्दा जनताले कष्ट भोग्नुपरेको छ । इलामकै थुप्र बाटा र पुलहरु अलपत्र अवस्थामा छन् । अझै बर्खामा समयमा त जनताको जीवनस्तर थप कष्टकर बन्ने अनुमान समेत गर्न सकिन्छ । सोच्नुपर्ने विषय के हो भने बजेट जान्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण यस सम्मानित सदनले सुशासन कायम गर्न सम्बन्धीत निकाय र ठेक्कावालाहरुलाई कामलाई पूर्णता दिन पहल गरोस् । कडाईका साथ दबाब दिओस्,”उनले भने ।
उनले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताए ।








