१२ चैत्र २०८१, बुधबार

अध्यादेशबारे प्रतिपक्षि दलहरूले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँः सांसद घिमिरे

प्रकाशित मिति :  18 February, 2025 4:20 pm


काठमाडाैँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताएका हुन् । उनले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताए । उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गरे ।

उनले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताए । उनले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रस्ताव राखे । प्रतिपक्षी दलहरूले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले संसद छलेर कानून नबन्ने स्पष्ट पारे । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !