२ पुस २०८२, बुधबार

काँग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने

प्रकाशित मिति :  18 February, 2025 4:32 pm


काठमाडाैँ । नेपाली काँग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । नेपाली काँग्रेसको केन्द्रिय सूचना, सञ्चर तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरुमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताए ।

उनले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताए । उनले देशमा २००७ सालमा नेपाली काँग्रेसले खेलेको भुमिका, देशको विकास निर्माणमा नीतिगत रुपमा खेलेका भुमिकाहरुबारे जानकारी गराइने बताए ।

वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरू प्रस्तुत गर्ने बताए । अभियानअन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने बताए ।



प्रतिक्रिया दिनुहोस !