सरकार जवाफदेही नबनेको सांसद बस्नेतको आरोप
प्रकाशित मिति : 18 February, 2025 4:35 pm
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारका मन्त्रीहरुले संसदको रोष्ट्रमलाई राष्ट्रसेवकहरुका बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको आरोप लगाएका हुन् । उनले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताए ।
“सरकारका मन्त्रीज्युहरुले संसदमा आएर राष्ट्रसेवकको बारेमा किन प्रश्न उठाइदिएको भनेर हामीलाई प्रतिप्रश्न गर्नुभयो । बडो अचम्म छ । राष्ट्रसेवकह?का बारेमा भण्डाफोर गर्ने, तथानाम बोल्ने यो संसदको रोष्ट्रम हो र मन्त्रीज्युहरुको लागि । यो त्यति शोभनीय भए जस्तो लागेन,” उनले भने । सांसद बस्नेतले अहिले सरकार प्रश्न गर्दा प्रतिप्रश्न गरिरहेको बताए ।








