२ पुस २०८२, बुधबार

पार्टी संगठनहरूभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छः सञ्चारमन्त्री

प्रकाशित मिति :  19 February, 2025 5:24 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरूभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताएका छन् ।

बुधवार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले संगठनका सदस्यहरू अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताएका हुन् ।

उनले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताए। संगठनमा रहेका खराब व्यक्तिहरूलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उनकाे भनाइ छ । 

“पार्टीभित्र रहेको दक्षीणपन्थि अवसरवाद हो । अवसरवादका कस्ता अखालका प्रवृतिहरु छन् तपाईलाई थाहा छ ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो । त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन । अर्को, उदारवाद । विभिन्न बाहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउदै गएको छ,” उनले भने।

अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै उनले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !