१२ चैत्र २०८१, बुधबार

नेपाल प्रहरी विधेयकबारे रास्वपाका सांसद र पूर्व प्रहरी अधिकारीबिच अन्तरक्रिया

प्रकाशित मिति :  19 February, 2025 5:47 pm


काठमाडौF । नेपाल प्रहरीसम्बन्धी विधेयकबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज नेपाल प्रहरी क्लब, प्रदर्शनीमार्गमा पूर्व विशिष्ट प्रहरी अधिकारीहरूसँग अन्तरक्रिया गरेका छन्।

अन्तरक्रियामा नेपाल प्रहरीका पूर्व महानिरीक्षक प्रकाश अर्याल, पूर्व एआईजीहरू कमल सिंह बम, केदार साउद, विजयलाल कायस्थ, बमबहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. प्रोफेसर चन्दा कार्की, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी, बिन्दबासिनी कंसाकार तथा पार्टी सचिवालयका संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि छलफलमा उपस्थित थिए।

अन्तरक्रियामा नेपाल प्रहरीसम्बन्धी विधेयकका विभिन्न प्रावधानमाथि छलफल गरिएको थियो भने पूर्व प्रहरी अधिकारीहरूले आफ्नो अनुभव र सुझाव प्रस्तुत गरेका थिए।



प्रतिक्रिया दिनुहोस !