८ बैशाख २०८१, शनिबार

रुकुम पश्चिममा युवाहरुको समूह लगेर वडा अध्यक्षद्धारा प्रहरी चौकीमा आक्रमण

प्रकाशित मिति :  3 June, 2020 8:47 am


फोटो: सामाजिक सञ्जालबाट

दाङ, २१ जेठ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसीले युवाहरुको समूह लगेर प्रहरी चौकीमा आक्रमण गरेका छन् । मंगलबार साँझ ९ बजेतिर वडा नम्बर १४ मा रहेको प्रहरी चौकीमा युवाहरुको समूह लिएर आक्रमण गरेका हुन् ।

छिवाङ ज्युउलामा रहेको प्रहरी चौकीमा २०२५ जनाको युवा समूह लिएर साँझ एकासी आक्रमण गरेका हुन् । मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमले प्रहरी चौकीमा आक्रमण भएको बताए । उनले लुम्बिनी सञ्चारसँग भने,‘ युवाहरुका समूह लिएर प्रहरी चौकीमा ढुंगामुढा गरेको र विट भत्काएको जानकारी आएको छ । म पुग्न सकेको छैन छलफल भइरहेको छ ।’  वडा अध्यक्ष फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ८ जना प्रहरी रहेको पोष्टमा केही प्रहरीमाथी हतपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
वडा अध्यक्ष केसीले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका युवालाई कुटपिट गरि प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छाडेको रिसले प्रहरी चौकिमाथी आक्रमण गरेको भएको हुन सक्ने स्थानीयबासीको आरोप छ । तर, मेयर गौतमले भने आक्रमणको कारण खुल्न नसकेको बताएका छन् । मेयर गौतमले भने,‘ रक्सी खाएर केही युवाहरुको हुल लिएर आक्रमण गर्न गएको भन्ने छ । प्रहरीले उहाँको खोजी गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस !