७ पुस २०८२, सोमबार

राष्ट्रिय मगर दिवसको अवसरमा पुतलीबजार नगरपालिकाले दियाे सार्वजनिक बिदा

प्रकाशित मिति :  20 February, 2025 4:58 pm


स्याङ्जा । स्याङ्जाकाे पुतलीबजार नगरपालिकाले ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाको आज बसेकाे बैठकले नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेकाे हाे।

नगर प्रमुख तुलसीराम रेग्मीले मगर समुदायको एकता, संस्कार र पहिचानलाई सम्मान गर्ने उद्देश्यसहित यो निर्णय गरिएको उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस !